Khabar Samachar

समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द

224
VIEWS

अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको छ । अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सको वेबसाइटमा भेभो चेक गर्दा समीक्षाको यसअघि लागेको एक वर्षको भिसा देखिएको छैन । यसको अर्थ उनको भिसा रद्द भएको पुष्टि हुन्छ ।

होम अफेयर्सले केही दिनअघि समीक्षाको नाममा रहेको अष्ट्रेलियाको सब–क्लास ४०८ भनिने भिसा रद्द गरिदिएको हो । उनको भिसा रद्द किन भयो ? यसको कारण भने अलग छ ।

गत वर्षको फागु पूर्णिमामा सिड्नीमा आयोजित एक कार्यक्रमका लागि समीक्षा त्यहाँ पुगेकी थिइन् । त्यो बेलामा समीक्षाको उमेर १८ वर्ष नपुगेको कारणले उनले केयर–टेकरको रुपमा आफ्नी दिदीलाई समेत लगेर गएकी थिइन् । त्यसपछि समीक्षा नेपाल फर्किए पनि दिदी चाहिं अष्ट्रेलियामै बसिन् ।

यसको केही महिनापछि पुनः अष्ट्रेलियामा जान लाग्ने क्रममा अर्को एक केयर-टेकरको लागि भिसा अप्लाई गरेकी थिइन् । यो बेलामा पनि समीक्षाको उमेर १८ वर्ष पुगेको थिएन । यो बेलामा केयर-टेकरको भिसा लागेन । साथै, समीक्षाको भएको एक वर्षको भिसा पनि रद्द भएको देखिएको छ ।

उनको भिसा के कारणले रद्द भएको खुलेको छैन तर रजिस्टर माइग्रेसन एजेन्टका अनुसार यस्ता भिसा रद्द हुनुका केही कारण छन् । ब्रिसबेनस्थित रजिस्टर माइग्रेन एजेन्ट नारायण कोइरालाले मापदण्ड पूरा नगरेको बेला यस्ता भिसा रद्द भएको हुन सक्ने बताए । यस्तो व्यक्तिले पुनः अप्लाई गर्दा तीन वर्षसम्म रोक लाग्न सक्ने उनको भनाइ छ ।

तीज पर्वको छेकोमा अष्ट्रेलियामा आयोजना गर्न लागिएको १३ वटा इभेन्टका लागि समीक्षा अष्ट्रेलिया जाने तयारीमा थिइन् । समीक्षाको भिसा अहिले पनि पेन्डिङमा रहेको र होम अफेयर्सले थप कागजात मागेको भन्ने बुझिएको छ ।

यता, गायिका समीक्षा अधिकारीले भने आफ्नो अष्ट्रेलियाको भिसा रद्द भएको कुराको खण्डन गरेकी छन् । उनले सामाजिक सञ्जालमा यसबारे भइरहेको चर्चामा कुनै सत्यता नरहेको र यो कपोलकल्पित रहेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू १८ वर्ष पुगिसकेको र ‘गार्जियनसिप’ एप्लाई गरेको कुरामा पनि सत्यता नरहेको उल्लेख गरेकी छन् । उनले आफ्नी दिदी गैरकानुनी ढंगले अष्ट्रेलियामै लुकेको भन्ने आशयको समाचारप्रति पनि आपत्ति जनाएकी छन् ।

‘एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधिभित्र रहेर आफ्नो बसाइ अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन ममाथि प्रहार गर्नु भो ? अहिलेको मेरो भिषा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाइसकेकी छु भएको यति हो,’ समीक्षाले लेखेकी छन्, ‘मसँग एकचोटि सोधेको भए दिदीको बारेमा मैं तपाईंहरुलाई बताउँथे । मेरो दिदीले कुनै नियम तोडेर होइन, अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दैछिन् । दिदीसँगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहीन कुरा नलेखिदिनुस् । सक्नु हुन्छ दुईवटा मीठा शब्द बोलिदिनुस्, जसले मनोबल बढाओस् । सक्नुहुन्न मलाई मानसिक तनाव नदिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित