Khabar Samachar

पारसले गरे बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

202
VIEWS

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदको चुनावमा उठ्ने भएका छन्।

शुक्रबार काठमाडौं, भत्तपुर, ललितपुर र मकवानपुर जिल्लाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै चुनावमा उठ्ने प्यानलको घोषणा गरेका हुन्।

आगामी १५ गते हुने बागमती प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्षका लागि पारस खड्का, उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर र कोषाध्यक्षमा भत्तपुर जिल्ला रहने र ९ सदस्य पदमा आपसी समझदारीमा उम्मेदवारी दिने घोषणाा गरेका हुन्।

यसअघि भएको काठमाडौ जिल्लाको सदस्यमा आएपछि पारसका लागि प्रदेश र केन्द्रको कुनैपनि पदमा लड्न पाउने बाटो खुलेको हो।

क्यानको विधान अनुसार कुनैपनि पदाधिकारी केन्द्रमा चुनाव लड्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनु पर्ने हुन्छ।

बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट गरी ६ जिल्ला छन्। बागमतीको चुनावमा हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेशको चुनावमा भोट हाल्न पाउँछन्।

चार जिल्ला पारसको समर्थनमा छन्।

बाँकी चितवन र नुवाकोटसँग पनि समन्वयको प्रयास भएपनि सकारात्मक प्रतिकृया नआएपछि चार जिल्लाको समर्थनमा घोषाणाा गरेको पारस खड्काले बताए।

‘अहिले चुनावका लागि चाहिने १९ मध्ये २२, २३ बहुमत भोट रहेकाले चुनाव जित्नेमा ढुक्क छु,’ उनले भने, ‘मैले सन्यास खेलाडीको रुपमा लिएको थिए। मैले त्यतिबेला नै भनेको थिए म कुनै भुमिकामा आउनेछु।’

बागमती प्रदेशको वर्तमान १३ सदस्य कार्यसमितिसँग पनि मतअधिकार हुनेछ। जिल्लाबाट आउने कुल २४ र वर्तमान प्रदेश कार्य समितिको १३ गरी कुल ३७ भोट हुनेछ।

‘नेपाली क्रिकेटलाई अघि अघि लैजान बाँकी २ जिल्लालाई पनि मिलेर अघि बढ्न आग्रह गर्छु,’ उनले उम्मेदवारी घोषणा गर्दै भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित