Khabar Samachar

Search
Close this search box.

वाग्नरका मालिक येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको अनुमान

203
VIEWS

वाग्नरका मालिक येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको अनुमान गरिएको छ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । उनको हवाई जहाज दुर्घटना भएता पनि उनको मृत्यु भएको रुसले कुनै पुष्टी गरि सकेको छैन । उनि उक्त बिमानमा रहेको भनेता पनि प्रिगोजिन समर्थित संचार माध्यमले उनको निधन भएको समाचार लेखेका छन् ।

तर अन्तर्राष्ट्रिय कुनै पनि पत्र पत्रिकाले किटान गर्दै उनको शव आदी इत्यादी फेला परेको अहिले सम्म पनि समाचार लेखेका छैनन । यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रिगोजिन एक “प्रतिभाशाली व्यक्ति” थिए जसले “गम्भीर गल्तीहरू” गरे भनि दुर्घटना पछि आफ्नो पहिलो टिप्पणी गरेका छन् ।

उनले “सबै पीडितका परिवारलाई समवेदना पठाएका छ्न । यो एक त्रासदी हो र रुसको अनुसन्धान समितिले दुर्घटनाको अनुसन्धान गरिरहेको उनले बताए।

तसै गरि अमेरिकी रक्षा विभागले वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको रुसमा बुधबार भएको विमान दुर्घटनामा “सम्भवतः” मृत्यु भएको विश्वास गरेको छ ।

पेन्टागनका प्रवक्ता प्याट्रिक राइडरले बिहीबार पेन्टागनसँग “अहिले संकेत गर्न कुनै जानकारी छैन” भने । उनले विमान सतहबाट हावामा क्षेप्यास्त्रले खसालिएको बताए ।

रुसी भाडा समूह वाग्नरका प्रमुख प्रिगोजिनलाई निजी बिमानमा यात्रुको रूपमा सूचीबद्ध गरिएको थियो । विमानमा जम्मा १० जना सवार थिए, ती सबैको मृत्यु मस्कोबाट सेन्ट पिटर्सबर्ग जाने क्रममा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित