Khabar Samachar

Search
Close this search box.

विद्या भण्डारीलाई निषेध गर्दैनौं, एमालेमा सधैँ वेलकम छ : ओली

212
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाटट विद्या भण्डारीलाई पार्टीमा निषेध नगरिएको बताएका छन्। कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।

‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो? कसले रोक्छ? कसरी रोक्छ? हामी उहाँलाई निषेध गर्दैनौं,’ अध्यक्ष ओलीले सम्बोधनको क्रममा भने।

भण्डारी राजनीतिमा आउँछु भनेको खण्डमा सधैं स्वागत गर्न आफूहरु तयार रहेको पनि उनले दाबी गरे।

‘उहाँ आउँछु त भन्नुपर्यो। उहाँलाई सधैँ वेलकम छ,’ उनले भने।

पूर्वराष्ट्रपति समेत रहेकी भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको उनले बताए।

‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ,’ ओलीले भने, ‘त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि। हाम्रो पार्टीको उपाध्यक्ष नै हो। हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो। त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित