Khabar Samachar

गठबन्धनमा भागबण्डाः एकीकृत समाजवादीले पाउने २६ स्थानीय तह

218
VIEWS

 

मंगलबार बेलुका बसेको सत्ता साझेदार पाँच दलको बैठकले एमालेबाट स्थानीय जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका ठाउँमा अन्य दलले उम्मेदवार नउठाउने सहमति गर्यो। सो सहमतिपछि एकीकृत समाजवादी पार्टी हौसिएको छ।

 

सो पार्टीले एमाले छाडेर आफ्नो पार्टीमा आएका देशभरका जनप्रतिनिधिहरुको विवरण संकलन गरिरहेको छ। उपमहासचिव विजय पौडेल नेतृत्वको टोलीले एमालेबाट आएका जनप्रतिनिधिको नामावली तयार पारिरहेको छ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा १० जिल्ला छन्। जसमध्ये कालिकोट, डोल्पा दैलेख र सल्यानमा एमालेबाट निर्वाचित जनप्रतिनिधि एकीकृत समाजवादी प्रवेश गरेका छन्।

एकीकृत समाजवादी कर्णाली प्रदेश कार्यालय सचिव वसन्तकुमार विश्वकर्माले दिएको जानकारीअनुसार कर्णाली प्रदेशमा जम्मा ४ जिल्लाबाट ५ जना प्रमुख/अध्यक्ष खुलेका छन्। पाँच दलीय सहमति अनुसार ती सबै नगर/पालिका समाजवादीले पाउने छ।

डोल्पाको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, दैलेखका महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही,  सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउने, कालिकोटको नरहरिनाथ गाउँपालिका प्रमुख धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाइँले एकीकृत समाजवादी रोजेका छन्।

त्यस्तै, मुगको सोरु गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बम, दैलेखको नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, खत्याड गाउँपालिका उपाध्यक्ष जयनन्दा रावल, मुगुम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ तामाङ, दैलेखको महाबु गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढा, सल्यानको कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा, कालिकोटको शुभकालिका गाउँपालिका उपाध्यक्ष पुष्पाकुमारी शाही, सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री, ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंह र कालिकोटको ठाडाचक्र नगरपालिका उपप्रमुख विजया विष्ट पनि एकीकृत समाजवादीमा छन्।

सुदूरपश्चिम प्रदेश
एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सचिव सुरेन्द्रमान कार्कीले नेपालखबरलाई दिएको जानकारी अनुसार सुदूरपश्चिममा एमालेबाट निर्वाचित गाउँ/नगरपालिका प्रमुखको संख्या ८ छ। यस्तै उपमेयर/उपाध्यक्ष ५ सहित  १३ जना खुलेका छन्।

अछामको साफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, कञ्चनपुरको बेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्द, पुनर्वास नगरपालिका प्रमुख जीवनराम थापा, डडेल्धुराको आलिताल नगरपालिका प्रमुख गणेश साउद, बैतडीको पुर्चौडी नगरपालिका प्रमुख रणबहादुर कुँवर, अछामको चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद, बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामी सो पार्टीमा आएका छन्।

कैलालीको घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापा, गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत, अछामको साफेबगर नगरपालिका उपप्रमुख वीरमाला बुढथापा, पुनर्वास नगरपालिका उपप्रमुख शारदा शर्मा विष्ट, कैलालीको चुरे गाउँपालिका उपाध्यक्ष दीपादेवी साउद पनि समाजवादीमा छन्।

बागमती प्रदेश 
एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले दिएको जानकारी अनुसार प्रदेशमा ७ प्रमुख र १० उपप्रमुख एमालेबाट प्रवेश गरेका छन्।

जसमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख कृष्णहरि थापा, रामेछापको मन्थली नगरपालिकाको प्रमुख रमेशकुमार बस्नेत, काभ्रेको मण्डन–देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका प्रमुख जीवन लामा, कैलाश गाउँपालिका प्रमुख टंक मोक्तान, धादिङको धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ छन्।

लुम्बिनी प्रदेश 
लुम्बिनी प्रदेशमा एमालेबाट गाउँ/नगरपालिका प्रमुख एकीकृत समाजवादीमा प्रवेश गरेका छैनन्।

संघीय सांसद रहेका प्रदेश अध्यक्ष मेटमणि चौधरीका अनुसार प्रदेशभरमा एमालेबाट जम्मा दुई जना नगरपालिका उपप्रमुख र १ जना गाउँपालिका उपाध्यक्ष समाजवादीमा खुलेका छन्।  वडाध्यक्ष र वडासदस्य भने निकै खुलेको उनले बताए।

गण्डकी प्रदेश 
गण्डकी प्रदेशमा पनि एकीकृत समाजवादी कमजोर अवस्थामा छ। गण्डकीमा ११ जिल्ला छन्। स्याङ्जाको आँधीखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल मात्र एकीकृत समाजवादीमा खुलेकी छन्।

त्यसबाहेक केही स्थानीय तहका वडाध्यक्ष खुलेको एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माले  बताए।

‘हाम्रो प्रदेशमा केपी ओलीले टिकट दिँदै माधव नेपाल पक्षलाई अन्याय गरेका थिए,’ शर्माले भने, ‘ओलीको चरम गुटबन्दीको निसानामा यो प्रदेश पर्यो, अहिले हामी कमजोर देखिनुको कारण यही हो।’

मधेश प्रदेश 
मधेश प्रदेशमा आफू बलियो रहेको दाबी गरेको एकीकृत समाजवादीमा सिरहा र सर्लाही गरी दुईवटा स्थानीय तहका प्रमुख मात्र एमालेबाट आएका छन्। आठ जिल्ला रहेको प्रदेशमा महोत्तरी र पर्सामा सो पार्टी शून्य छ।

धनुषाबाट दुई जना उपाध्यक्ष, रौतहटबाट दुई जना उपाध्यक्ष समाजवादी खुलेको सो पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र यादवले  जानकारी दिए।

‘मधेश प्रदेशमा हामी बलियो अवस्थामा छौँ, मेयर/पालिका अध्यक्ष धेरै नखुले पनि धेरै वडाध्यक्ष र सदस्यहरु हाम्रो पार्टीमा खुल्नुभएको छ,’ यादवले भने, ‘अझै खुल्नेक्रम जारी छ।’

प्रदेश १
नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा जाने संख्या यो प्रदेशमा पनि निकै कम छ।

नेपालखबरलाई बुधबार बेलुका नेताहरुले दिएको जानकारी अनुसार उदयपुरको त्रियुगा नगरपालिका प्रमुख वलदेब चौधरी र इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई एकीकृत समाजवादीमा छन्।

त्यसबाहेक दुई वटा गाउँपालिका अध्यक्ष पनि एमाले छोडेर एकीकृत समाजवादीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित