Skip to main content

Khabar Samachar

Search
Close this search box.

एमालेबाट काठमाडौंको मेयरमा पाँच जनाको नाम सिफारिस

351
VIEWS

नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।

एमाले महानगर कमिटिको बुधबार बसेको बैठकले पाँच जनाको नाम केन्द्रलाई सिफारिस गरेको हो।

काठमाडौं मेयर उम्मेदवारमा सिफारिस हुनेहरुमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त छन्।

मेयर सिफारिसमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन्। त्यस्तै केशव स्थापित पूर्वमेयर हुन्। रामवीर मानन्धर पूर्वमन्त्री हुन्।

त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ।

रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले, शान्ति अधिकारीको नाम सिफारिस गरेको छ।

उपमेयरमा सिफारिश रत्न गुरुङ संविधान सभा सदस्य हुन्, त्यस्तै शान्ति अधिकारी अनेमसंघकी महासचिव हुन्। उनी एमाले पूर्वअध्यक्ष मनमोहन अधिकारीकी बुहारी पनि हुन्।

महानगर कमिटीले सिफारिस भएका नामबाट जिल्ला कमिटी हुँदै स्थायी कमिटीले उम्मेदवार तोक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित