Khabar Samachar

Search
Close this search box.

वनकाली पार्किङ ठेक्का पशुपति विकास कोषद्वारा रद्द

207
VIEWS

पशुपति क्षेत्र विकास कोषले बनकाली पार्किङ रद्द गरेको छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो।
पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङमा तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालान नगरेको भन्दै ठेक्का रद्द गरिएको हो। सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राखेको र अरु नियम पनि उलंघन गरेको भन्दै कोषले ठेक्का रद्द गरेको हो। कोषले अबको एक महिनाभित्र बक्यौता उठाउने निर्णयसहित ठेक्का रद्द गर्ने निर्णय गरेको हो। कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिको बैंक ग्यारेन्टीसमेत जफत गर्ने निर्णय गरेको छ।ठेक्काको सम्झौताको सर्त नं. ६ मा ‘बढीमा ३ महिना सम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ। तोकिएको समयमा भाडा नबुझाएमा सम्झौता रद्द गरी धरौटीसमेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ’, भन्ने उल्लेख छ।

कोषको आर्थिक प्रशासन शाखाको विवरण अनुसार हालसम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित