Khabar Samachar

ताप्लेजुङमा कांग्रेस प्रदेश सांसदले दिए डीएसपीलाई मार्ने धम्की

203
VIEWS

सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रदेश सांसदले नेपाल प्रहरीका डिएसपीको नामै किटेर उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका छन् ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् ।कांग्रेसनिकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार ताप्लेजुङ प्रहरीविरुद्ध गरेको प्रदर्शन कार्यक्रमका क्रममा डीएसपी लिम्बूसहित उनको परिवारका सबै सदस्य मार्ने धम्की दिएका हुन्।

आक्रमण भएको भन्दै तरुण दल र नेविसंघले शुक्रबार सुरक्षा निकायविरुद्ध प्रदर्शन गरेका हुन्।

यसपछि भएको खुला सभामा प्रदेश सांसद हाङगामले डीएसपीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका हुन्।

‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्? कहाँ लुक्छस्? के खान्छस्? कस्तो लुगा लाउँछस्? तेरो बाउ आमा कहाँ छ? तेरो छोराछोरी कहाँ छ’, सार्वजनिक भिडिओमा उनले भनेका छन्, ‘त्यो पनि पत्ता लाएर हामी मार्छौं।’

यस्तो छ उनको हिंसात्मक अभिव्यक्ति 
तेरो बर्दी खोल्न पनि हामी तयार छौँ। अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्? कहाँ लुक्छस्? के खान्छस्?  कस्तो लुगा लाउँछस्? तेरो बाउआमा कहाँ छ? तेरो छोराछोरी कहाँ छ? त्यो पनि पत्ता लाएर हामी मार्छौं। पानीमुनि लुकोस् कि पानीमाथि, खबरदार! सक्छस् भने यहीँ आइज। लड्न आइजो, यहीँ आइजो। म लुगा खोल्न तयार छु तँसँग, आइज। यहाँ आइज, खेल्न सक्छस् भने आइज। तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस्? तँलाई म ३० सेकेन्ड राख्दिनँ बाँकी। याद राख् तँलाई। यो पनि खोल्, तेरो बर्दी खोल्। मजस्तो राजनीतिक भेला गर्न आइज। तिमी राजनीतिक बहस गर्छौ कि जनताको सेवा गर्छौ कि? देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ? वाकयुद्ध गरौँ। होइन भने मुठभेड पनि गरौँ तँ डीएसपीसँग। हेरौँला तँ डीएसपीलाई। तेरो रागतमा पनि रातै रगत बगेको छ, यहाँ सारा हाम्रो रगतमा पनि रातै रगत बगेको छ। तर राजनीतिकको एउटा उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौँ, मृत्युसँग पनि डराउँदैनौँ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित