Khabar Samachar

अनुमतिविना प्रहरी पोशाक प्रयोग नगर्न हेडक्वार्टरको चेतावनी

206
VIEWS

चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियो तथा फेसबुक, टिकटक लगायतका लागि भिडियो बनाउने प्रयोजनका लागि अनुमति नलिइ पोशाक प्रयोग नगर्न नेपाल प्रहरीले भनेको छ ।

प्रहरीको पोशाकको दुरुपयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले विज्ञप्ति जारी गरेर प्रहरीको श्रव्यदृश्य शाखामा स्वीकृति लिएर मात्र प्रयोग गर्न भनेको छ ।

प्रहरी प्रवक्ता कुवेर कडायतले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र त्यसमा प्रयोग हुने दज्र्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग गराउन हुन स्पष्ट पार्दछौं ।’

प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्दा उनीहरुको व्यवसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन पनि प्रहरी प्रधान कार्यालयले भनेको छ ।‘यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यवहोरा समेत सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ’, प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित