Khabar Samachar

Search
Close this search box.

नेम्वाङको आज अन्त्येष्टि गरिने, सरकारले दियो सार्वजनिक बिदा

200
VIEWS

नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको बिहीबार बिहान ११ बजे अन्त्येष्टि गरिने भएको छ ।

उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए ।

त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि आग्रह गरिएको छ ।

नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो ।

उनको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित