सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेकाे छ। वर्तमान अर्थसचिव अर्जुनप्रसाद पाेखरेलको ठाउँमा डा. कृष्णहरि पुष्करलाई ल्याएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय गरेको हाे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार पुष्करलाई दोस्रोपटक अर्थ सचिव पदमा जिम्मेवारी दिइएको हो । उनी यसअघि २६ साउन २०७९मा पनि अर्थसचिव नियुक्त भएका थिए ।
पुष्कर २१ पुस २०७९मा अर्थ मन्त्रालयको सचिवबाट सरुवा भएर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । त्यसलगत्तै उनी सामान्य प्रशासन मन्त्रालयको सचिव बनेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पाेखरेललाई भने संघीय मन्त्रालयमा लगिएकाे छ।
Discussion about this post