Khabar Samachar

Search
Close this search box.

कांग्रेस केन्द्रीय बैठकअघि इतर पक्षको भेला, विश्वप्रकाश र प्रदीपलाई पनि निम्तो

203
VIEWS

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको छुट्टै भेला बोलाएका छन् । उनले मंगलबार दिउँसो साढे १ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्नेछ । बैठकमा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाएका छन् ।

यस पटक शेखरले इतर पक्षको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका छन् । कांग्रेसको बैठक असोज ४ मा बस्दैछ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् ।

इतर पक्षका नेताहरुले शेखरमाथि प्रश्न उठाएपछि अहिले बैठक राखेका हुन् । भेलामा बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित