Khabar Samachar

Search
Close this search box.

सीवाईसी नेपाल लघुवित्तको आईपीओ खुल्यो

205
VIEWS

काठमाडौँ — सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर नेष्काशन खुला गरेको हो ।

यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छट्याइएको छ ।
बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले छिटोमा वैशाख ६ र ढिलोको वैशाख १६ गते आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्‍ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित