Khabar Samachar

Search
Close this search box.

तीन महिनाभित्र क्रिकेटको घरेलु संरचना बदल्छु : क्यान अध्यक्ष चन्द

205
VIEWS

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका चतुरबहादुर चन्दले तीन महिनाभित्र क्रिकेटको घरेलु संरचनालाई बदल्ने बताएका छन् ।

शनिबार निर्विरोध निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको नेपाली टोलीलाई त्यही स्तरमा पु¥याउन धेरै चुनौती रहेको पनि बताए ।

पहिलो तीन महिनाभित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ । भारत र पाकिस्तानसँग खेल्यौं अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ । त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ’ उनले भने ।

अध्यक्ष चन्दले दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै जिम्मेवारी बढेको महसुस भएको बताए । अघिल्लो कार्यकाल भन्दा यस पटक केही नयाँ काम गर्ने अठोट पनि उनले राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित