Khabar Samachar

प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने

202
VIEWS

 

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंसिर २८ गते निर्णय सुनाउने भएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद्दामा निर्णय सुनाउने मिति तोकेको हो। द्वन्द्वकालीन मुद्दाबारे माओवादीअध्यक्ष दाहालले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

 

आइतबार दुवैतर्फको बहस सकिएपपछि इजलासले २८ मंसिरमा निर्णय सुनाउने दिन तोकेको हो। आरोप ठहर भएमा अदालतले कैद, जरिवाना वा दुवै सजाय गर्न सक्नेछ । अदालतको अवहेलना मुद्दामा माफी माग्ने अवसर पनि दिन सक्ने कानुनी व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित