काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ईः बीच सहमति भएको छ ।
बुधबार बेलुका भएको वार्तामा उनीहरुबीच चार बुँदे सहमति भएको हो ।बुधबार अपराह्न ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच भएको वार्तापछि चार बुँदे सहमति भएको छ । सहमति अनुसार, फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्नेछ ।
सहमतिपछि ईःपक्षले बेलुका ९ बजे पत्रकार सम्मेलनमार्फत सहमति भएको भन्दै आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोेषणा गरेको छ ।
सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ ।
त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ ।
Discussion about this post