Khabar Samachar

Search
Close this search box.

यसरी काम गर्नुस् कि ०८४ मा हाम्रो जमानत जफत होस् – रवि लामिछाने

205
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले नयाँ दल वा पुराना दलमध्ये एउटाको राजनीतिक सटर बन्द हुनै पर्ने बताएका छन्।

‘देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको  सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर  तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा’, उनले उल्लेख गरेका छन् ।

तर ‘मिसन८४’ भनेको फिटिक्कै नसुहाएको ‘मिसन ८०’ बाँकी रहेको टिप्पणी गरेका छन् ।   मिसन ०७ साल देखि निरन्तर मिसन नै मिसन   भएपनि केही नभए पनि ६३ देखि त अवसर नै अवसर पाएको दलहरूलाई उनले स्मरण गराए ।  ‘अझ मिसन ८०, मिसन८१, मिसन८२, मिसन ८३ छदै छ त’, उनले लेखेका छन् ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् ।’

यस्तै राजनीतिमा एउटा सटर बन्द हुनै पर्ने भन्दै चार वर्षमा कि पुराना दल सिद्धिने कि नयाँ दल सिद्धिने उनले उल्लेख गरेका छन् । ‘राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर, कि तपाइको कि हाम्रो ।’ ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको उनले उल्लेख गरेका छन् ।

उनले सबै पुराना दललाई सहमति गरेर सरकार चलाउन आग्रह गर्दै आफूहरूले प्रतिपक्षी मोर्चा सम्हाल्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित