नेपाल आयल निगमले शनिबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्यो। निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले महँगिएको छ भने डिजेल तथा मट्टितेलमा ६ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ। अब पेट्रोलको मूल्य पहिलो वर्ग १८२ रुपैयाँ ५ पैसा, दोस्रो वर्गमा १८४ रुपैयाँ र तेस्रो वर्ग १ सय ८५ प्रतिलिटर पुगेको छ।
यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।
Discussion about this post