Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक रास्वपाले बहिष्कार गर्ने

202
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ।

मुल्यवृद्धिको विरोधमा सर्वदलीय बैठक बहिष्कार गरेको रास्वपाका सभापति रवि लामिछानेले फेसबुक स्ट्याटसमार्फत् बताएका छन्।

‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं,’ उनले भनेका छन्।

यसबारे थप कार्यक्रम गर्ने पनि उनले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ११ बजे संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित