Khabar Samachar

प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने

203
VIEWS

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्रीले भर्खरै सकिएको अमेरिका र चीन भ्रमणबारे सदनलाई जानकारी गराउने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले भने, ‘दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसायिक विषयमा आफ्ना कुरा राख्नुहुन्छ ।’

सम्बोधनका क्रममा प्रचण्डले आफ्नो चीन भ्रमण, सुन तस्करी जाँचबुझ आयोग गठन र समसामयीक विषयमा धारणा राख्नेछन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित