प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता लिन निर्देशन दिएका छन्। नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्।
सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
Discussion about this post