Khabar Samachar

Search
Close this search box.

कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चाले सरकार चलाओस् – गगन थापा

203
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रचण्ड सरकारबाट पार्टीका मन्त्रीहरु फिर्ता बोलाउने प्रस्ताव अघि सारेका छन् ।

दुई–अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिने र बाँकी दुई–अढाई वर्ष कांग्रेसले एक्लै सरकार चलाउने उनको प्रस्ताव छ ।कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘गठबन्धनको राजनीतिमा पनि नयाँ छलफल गरौं । गठबन्धन बन्नसक्छ । उहाँले उहाँहरु गठबन्धनमा हुनुहुन्छ मोर्चा बनाउनुभएको छ । दुई अडाईबर्ष उहाँहरुले सरकार चलाउने भन्ने सहमति भएको छ । पहिला प्रचण्डजी, त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ । उहाँहरु एउटै मोर्चा पार्टी पनि एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसको सबै मन्त्रीहरु फिर्ता बोलाऔं । उहाँहरुलाई एक्लै चलाउँन दिऔं। हामी बाहिर बसेर समर्थन गरौं ।’

सहमतिअनुसार प्रचण्डजी वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि मोर्चालाई सरकार चलाउन दिने उनले बताए । मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले चलाउन पाउनुपर्ने उनको भनाइ छ । त्यसो गर्दा आआफ्नो सरकारको बेलामा भएको जस अपजस आआफ्नै पार्टीले पाउने उनले बताए ।‘यो दुई वर्ष हामीले केही भएन भन्ने भयौं, त्यसपछिको दुई वर्ष उनीहरुले केही भएन भन्ने भए’, कांग्रेस महामन्त्री थापाले भने, ‘त्यसो भए यो चार/पाँच वर्षको देशको जिम्मा चाहिँ कसले लिन्छ त ?’

उनले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताए। आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित