Khabar Samachar

Search
Close this search box.

एसियाड क्रिकेटमा नेपाललाई हराउँदै भारत सेमिफाइनलमा

223
VIEWS

चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाललाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ।

भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको थियो। त्यसलाई पछ्याएको नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै जोड्न सक्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए। कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए। कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके। सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए।

भारतका रवि विस्नोई र आभेस खानले ३/३ र अर्सदिप सिंहले २ विकेट लिए। १४०/५ को अवस्थामा रहेको नेपालले सोही स्थितीमा जोरालाई गुमाएपछि थप संकटमा परेको थियो।

नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। ७६-२ को अवस्थामा नेपालले एक रनको अन्तरमा दुई विकेट गुमाएको थियो। नेपालले खेलमा १४ छक्का र ११ चौका प्रहार गरेको थियो।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो।

भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए। रुतुराज गाइक्वाडले २५ रन बनाए। रिंकु सिंहले १५ बलमा ३७ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे। भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो।

अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए। अविनाशले ४ ओभरमा ५३ रन दिए। सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित