Khabar Samachar

Search
Close this search box.

माल्दिभ्सबाट भारतीय सैनिक हटाउने नयाँ राष्ट्रपतिको घोषणा

205
VIEWS

माल्दिभ्समा नयाँ राष्ट्रपति मोहम्मद मोइज्जुले त्यहाँस्थित भारती सैनिकलाई हटाउने घोषणा गरेका छन्।

माल्दिभ्सको नयाँ नेतृत्वका लागि भएको चुनावअघि नै दुई शक्ति राष्ट्र चीन र भारतबीच तानातानी भएको थियो।दुई राष्ट्रको तानातानीबीच माल्दिभ्समा चीननिकट मानिने मोइज्जु राष्ट्रपतिमा निर्वाचित भएका थिए।

भारतबाट करिब १२ सय किलोमिटरको दूरीमा ५ लाख जनसंख्यासहितको माल्दिभ्स सुन्दर द्वीपहरुका कारण विश्वप्रसिद्ध छ।

जहाँ नेपाल र भारतसहितका सेलिब्रिटीदेखि सर्वसाधारणसम्म छुट्टी मनाउन पुग्छन्। पर्यटनले प्रसिद्ध यो देश पछिल्लो समय राजनीतिक फेरबदलका कारण चर्चाको शिखरमा छ।

यसैबीच मोइज्जुले राष्ट्रपति भएलगत्तै भारतीय सेनालाई माल्दिभ्सको आर्किपेलागो (द्वीप समूह) बाट हटाउने बताएका हुन्।

भारत र माल्दिभ्सको मित्रता धेरै पुरानो छ। तर अहिले चीन पनि हावी भएपछि माल्दिभ्सका लागि रोचक प्रतिस्पर्धा हुने गरेको छ। भारत पुरानो मित्र भए पनि चीनको पकड बलियो हुन थालेपछि माल्दिभ्ससँगको दूरी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित