Skip to main content

Khabar Samachar

Search
Close this search box.

एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा पराजुली सर्वसम्मत

210
VIEWS

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।निर्वाचन समितिका संयोजक घनेन्द्र बस्नेतले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला विश्वकर्मा सर्वसम्मत भएका हुन् । पराजुली यसअघि पनि अध्यक्ष थिए । अधिवेशनमा अध्यक्ष पदमा चन्द्र रिजालको उम्मेदवारी परे पनि उनले फिर्ता लिएसँगै सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनले पदाधिकारीसहित ७५ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । पेसागत क्लस्टरमा भने सहमति जुटिनसकेकोले आइतबार सहमति जुटाएर नयाँ नेतृत्वको पूर्ण कमिटी घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित