Khabar Samachar

इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री पठाउने सरकारको निर्णय

203
VIEWS

इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्वयंम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित