Skip to main content

Khabar Samachar

Search
Close this search box.

सरकारद्वारा दुई जना गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

205
VIEWS

सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई अध्यक्षलाई मंगलबार गैरआवासीय नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमका बिच आचार्यलाई पहिलो नागरिकता प्रदान गरियो । यस्तै दोस्रो गैरआवासीय नागरिकताका रुपमा केसीलाई प्रदान गरियो । संघको मंगलबारदेखि नै सुरु भएको विश्वसम्मेलनमा गैरआवासीय नागरिकता दिनेसम्बन्धी नागरिकता विधेयक प्रमाणीकरण गरेर गैरआवासीय नागरिकता दिने बाटो खोलिदिएकोमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा समेत भएको छ । संघका अध्यक्ष कुल आचार्यले संसदबाट दुई दुई पटक पारित भएपनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणित गर्ने काम राष्ट्रपतिले गरेको भन्दै प्रशंसा गरे । सो क्रममा सहभागीहरूले पनि ताली बजाएर राष्ट्रपतिलाई धन्यवाद दिएका थिए । ‘संसदबाटबाट पारित भएको तर अनुमोदन हुन नसकेको विधेयक आफू निर्वाचित हुनासाथ अनुमोदन गरेकोमा राष्ट्रपतिज्यूलाई आभार प्रकट गर्दछु’, आचार्यले भने, ‘मैले र बद्री केसीले गैरआवासीय नागरिकता ग्रहण गरेका छौँ । यो अवसरका लागि सरकारलाई धन्यवाद ।’

बिना कुनै ढिलाइ अब अरू एनआरएनएले पनि एनआरएनए नागरिकता पाउने विश्वास आफूहरूले लिएको उनको भनाइ छ । उनले वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि प्रयास जारी राख्ने पनि बताए । आचार्यले एनआरएनए नेपालको समृद्धिको सच्चा साझेदार हुन चाहेको पनि दाबी गरे । उनले सरकारले गैरआवासीय नागरिकता प्रदान गरिसकेको उल्लेख गर्दै नेपालमा लगानी गरेर देश निर्माणमा भूमिका खेल्न पनि सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित