आजदेखि सुपथ मूल्य पसलमा खसीबोका र च्याङग्र बिक्री वितरण गर्न सुरु भएकाे छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमति प्रादेशिक कार्यालय थापाथलीले आज अर्थात मंगलबार देखि खसीबोका बिक्री गर्न सुरु गरेको हो ।
सोमबार राजधानीमा भित्र्याएका खसीबोक तथा च्याङग्रा स्वास्थ परिक्षण गरी आजदेखि विक्री सुरु गरिएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले बताइन् ।खाद्यले प्रतिकिलो जिउँदो खसीबोका र च्यांग्राको मूल्यमा १० रुपैयाँ छुटमा विक्री सुरु गरेको छ । जहाँ जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकेको छ भने, जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
Discussion about this post