Khabar Samachar

Search
Close this search box.

एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा साउदी अरबलाई नेपालले दियो ३४८ रनको लक्ष्य

210
VIEWS

एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरेबलाई ३४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका ओपनर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै शानदार १४२ रन बनाए ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट क्षतिमा ३४७ रन जोडेको हो । कुमालले अन्डर १९ अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो शतक पूरा गर्ने क्रममा ११२ बलमा १४२ रन जोडेर आउट भए । उनी नेपालका तर्फबाट उमेर समूहको क्रिकेटमा एउटै म्याचमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

अर्जुनलाई तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले बलियो साथ दिएका थिए । उनले ९८ बलमा ८९ रन बनाए । कप्तान देव खनालको आज ब्याट चलेन । दुई बल खेलेका उनी शून्यमै आउट भए ।छैटौं नम्बरमा आएका विशालविक्रम केसीले १८ बलमा २४ रन बनाएका थिए । साउदीअरबका लागि मोहम्मद घायूर अहमदले ८ ओभरमा ३८ रन खर्चेर दुई विकेट लिए । यस्तै मुहम्मद अहमद राजाले ६.१ ओभरमा ६० रन खर्चिएर दुई विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित