उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल’ले शुक्रबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्र्याक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा एउटा धमनीमा ब्लकेज रहेको पाइएको अस्पतालले जनाएको छ ।उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा ‘स्टेनोसिस’ पनि देखिएको बताएको छ ।
Discussion about this post