इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्दैछ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो। पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको रहेको छ। ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ।शव लिनका लागि आइतबार बिहान ९ बजे परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने कार्यतालिका छ। शवहरू भोलि नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ।
Discussion about this post