मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार (पीके) सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।
भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए। सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।विज्ञप्तिमा भनिएकाेछ’गत असोज २७ गते सोलुखुम्बुको लुक्लाबाट लोबुचेको लागि उडेको यस विमान सेवाको AS350B3e हेलिकप्टर 9N-ANJ अवतरणको क्रममा दुर्घटनामा परी सख्त घाइते भएका पाइलट प्रकाश कुमार सेढाईलाई सोही दिन एयर एम्बुलेन्सबाट भारत मुम्बईस्थित वर्न अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारको क्रममा उनको दुखद निधन भएको व्यहोरा जानकारी गराउदछौं ।’
Discussion about this post