गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच तनाव भएको छ ।एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टीम पुगेपछि विवाद र हातपात भएको हो ।
पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने युवा संघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए । दिउसो दुई बजेतिर आरके शर्माको टिम पनि कार्यालयमा प्रवेश गरेको थियो ।
पराजित पक्षनिकट स्रोतका अनुसार शर्मालाई युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेपछि उनी त्यहाँबाट सरासर फर्किए । तर, सो समूहका केही नेतामाथि घाइते हुने गरी हातपात भएको उनको भनाइ छ ।
पराजित पक्षले वाईसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा संघका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको थियो ।
Discussion about this post