Khabar Samachar

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

208
VIEWS

नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।कुशल मल्लको आक्रामक ब्याटिङमा नेपालले आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा स्थान बनाएको छ।

मंगलबार भएको समुह ए को आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो। पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ ।

नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।मलेसियाले दिएको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको पालिमा कुशल मल्लले ६५ र कुशल भुर्तेलले ४३ रन बनाए ।

नेपालले पहिलो विकेटका लागि ४९ रन र दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । आसिफ शेख ३२ र रोहित पौडेल २ रन बनाएर आउट भए । मल्लले ३४ बलमा ७ छक्का र २ चौका प्रहार गरे । यस्तै भुर्तेलले २५ बलमा चार छक्का र चार चौका हिर्काए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोड्यो ।

मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज एक्लैले ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए । कप्तान अहमद फैज ३ रन जोडेपछि रन आउटको शिकार बने । आक्रामक ब्याट्सम्यानको परिचय बनाएका विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।

नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक-एक विकेट लिए । मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो ।

त्यसपछि १३.५ ओभरमा ११९-३ को स्थितीमा रहेको मलेसिया विशाल योगफलतर्फ देखिएको थियो । तर सोही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलले सार्भिन मुनाइन्दीलाई आउट गरेपछि मलेसिया लगातार विकेट गुमाएर दबाबमा आएको थियो ।

रोहितले त्यस ओभरमा १५ रन खर्चिएपछि मुनाइन्दीलाई आउट गरेका थिए। १५ औँ ओभरको चौथो बलमा लयमा रहेका अजिजलाई गुल्सनले आउट गरे । त्यसपछि मलेसियाको रन गति केही सुस्त बनेको थियो । सन्दीपले चार ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित