Khabar Samachar

Search
Close this search box.

काभ्रेमा पराल बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

205
VIEWS

काभ्रेको पनौतीमा मंगलबार ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। पनौती नगरपालिका–२ सिलाभन्ज्याङमा कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा४ख ६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटनामा परेको हो।सो घटनामा ट्रक चालक काभ्रेको पनौती नगरपालिका–२ कुशादेवी बस्ने वर्ष ४० को रबिन आचार्य र बेथानचोक गाउँपालिका २ बस्ने वर्ष ५० को शिवविक्रम केसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै, बेथानचोक–२ की ४५ वर्षीया सारदा तिमल्सिना गम्भीर घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित