Khabar Samachar

सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्नसक्छ – महासचिव गुटरेस

201
VIEWS

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन । नेपाल भ्रमणको क्रममा संयुक्त सदनलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसङ्घका तर्फबाट सम्मान व्यक्त गरे । उनले भने, ‘अल्पविकसित देशको स्थितिबाट तपाईंहरू अगाडि बढ्दै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघ एक सहज सङ्क्रमणलाई समर्थन गर्न प्रतिबद्ध छ । तपाईंहरू आफ्ना शान्ति प्रक्रियाकाे अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ । प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ ।’

पहिलो पटक सन् १९७० को दशकमा नेपाल आएको स्मरण गर्दै उनले मनमोहक नेपालमा फर्कन पाउनु सौभाग्य भएको पनि बताएका छन्।‘मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो,’ उनले सम्बोधनको क्रममा भने, ‘म यहाँ पहिलो पटक सन १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ।’महिलाहरूको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम रहेको पनि उनले सम्बोधनको क्रममा बताएका छन्।
नयाँ गणतन्त्र, यूएन चार्टरको मर्म बोकेको नयाँ संविधान र दिगो विकासको लक्ष्यमा प्रगति गरिरहेको यात्रा । कठिन समयका बिचमा पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा समर्थन गर्न राष्ट्रसंघलाई गर्व लागेको छ । नेपाल रोकिएको छैन, तपाईंहरु गतिशील विकासमा अघि बढिरहनु भएको छ । तपाईंहरु कम विकसित राष्ट्रबाट माथि उठ्ने पक्का छ । यसमा तपाईंहरुलाई सहयोग गर्न राष्ट्रसंघ तयार छ ।’उनले पीडितलाई केन्द्रमा राखेर यसलाई विस्तृत र समावेशी बनाउन सुझाव दिए । न्यायको सिद्धान्तमा आधारित भएर मानवअधिकारको हनन भएका घटनालाई सम्बोधन गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित