Skip to main content

Khabar Samachar

Search
Close this search box.

राष्ट्रसंघका महासचिवको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्पमा खटिएका असईको लेक लागेर मृत्यु

209
VIEWS

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।अन्नपूर्ण आधार शिविरबाट मंगलबार फर्किएका असई ढुंगाना माछापुच्छ्रे गाउँपालिका-११ का वडाध्यक्षको घरमा बसेका थिए । बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले नेपाल प्रेसलाई दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित