Khabar Samachar

युनेस्कोको सिर्जनशील सहरको सूचीमा छानियो काठमाडौं

201
VIEWS

नेपालको संघीय राजधानी काठमाडौं सहर युनेस्कोको सिर्जनशील सहरमा सूचीकृत भएको छ । युनेस्कोले आफूमातहत रहेको रचनात्मक सहर सञ्जालमा काठमाडौंलाई पनि जोडेको हो । सञ्जालमा यसअघि नै एक सयभन्दा धेरै देशबाट ३५० वटा सहरहरू संलग्न छन् भने यसपटक अरु ५५ सहर थपिएका हुन् । त्यसमध्ये काठमाडौं चलचित्र विधाबाट सिर्जनशील सहरका रूपमा सञ्जालमा जोडिएको हो । रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिककाले चलचित्र विधा छनोट गरेको र सञ्जालमा जोडिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।सञ्जालमा आबद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको उनको भनाइ छ ।

रचनात्मक सहरका सबै विधाहरू काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको प्रवक्ता मानन्धरले बताए ।

‘जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रूपमा हेर्ने गरिएको छ । जात्रा पर्व, मौलिक भेषभुषा, खानपान काठमाडौँसँग जोडिएर आउने बिम्ब हुन्,’ प्रवक्ता मानन्धरले भने, ‘सञ्जालमा जोडिएपछि अब यसको थप प्रसार र विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।’
सञ्जालमा जोडिएपछि अब अन्तरराष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने अपेक्षा रहेको उनले बताए ।

यसवर्ष थपिएका ५५ सहरमध्ये संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित