Khabar Samachar

Search
Close this search box.

बालेनले भने : नेताज्यूहरू देश नै बेच्न खोज्नुभो, काठमाडौं महानगर बिक्रीमा छैन

205
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिका एक्लै भएपनि ‘नेपाल भनेर उभिने’ बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै बालेन्द्रले काठमाडौं महानगर बिक्रीमा छैन भनेका छन्।

बालेन्द्रले लेखेका छन्, ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो। कसैको अपमान गरेको होइन। नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभो। तर, काठमाडौं महानगर बिक्रीमा छैन। तपाइँहरूले पूरै देश नै बेच्नुभो भनेपनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ।’
बालेन्द्रले आफ्नो स्ट्याटसमा प्रशंग खुलाएका छैनन्। तर, उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको मञ्च ‘मेयर्स फोरम’ को बैठकप्रति असन्तुष्ट उनले सोही विषयलाई व्यंग्य गरेको स्रोतले बताएको छ।

मंगलबार बूढानीलकण्ठ नगरपालिकाको पार्क भिलेज रिसोर्टमा ‘मेयर्स फोरम’ को बैठक बसेको थियो। सो बैठकलाई बालेन्द्रले बहिष्कार गरेर हिँडेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित