चाँदी तस्करी गरेको आरोपमा प्रहरीले एक जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जान रहेका छन् ।प्रहरीले सुनचाँदी पसलबाट आज दिउँसो ४० किलो तस्करीको चाँदीको गरगहना बरामद गरेको थियो । पक्राउ परेका सञ्चालक अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका जान भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।
Discussion about this post