जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।नेपालका लागि चिनियाँ राजदूत छन सङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत चीनले नेपालको भुकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी गराएका छन्।
राहत सामग्रीमा टेन्ट, कम्बललगायतका सामग्री हुने राजदूत सङले बताएका छन्। राहत सामाग्री एक–दुई दिनमा आइपुग्ने उनको भनाइ छ। साथै यो पहिलो चरणका आपतकालीन सहायता भएको र थप सहयोग पनि आउने उनले बताएका छन्।
Discussion about this post