Khabar Samachar

Search
Close this search box.

नेपाललाई रुसी राष्ट्रपति पुटिनको पत्र, भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिवद्धता

202
VIEWS

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा भुकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पुटिनले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै भुकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन्। उनले पीडितप्रति समवेदना प्रकट गरेका छन्।

पत्रमार्फत राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित