Skip to main content

Khabar Samachar

Search
Close this search box.

कोशीमा कांग्रेसका उद्धव थापाको राजीनामा अस्वीकृत, जिम्मेवारीमा फर्किए

205
VIEWS

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ ।  प्रदेशसभा सचिवालयमा आज बसेको कांग्रेस दलको बैठकले उनको राजीनामा अस्वीकृत गरेको हो ।

सांसद केदार कार्कीले पार्टीबाट विद्रोह गरेर मुख्यमन्त्री बन्न एमालेको साथ लिएपछि थापाले राजीनामा दिएका थिए ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई  राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए ।  दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताए । राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा  फर्कने  उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित