राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्प प्रभावितका लागि एक महिनाको तलब दिने भएका छन्।
पौडेलले भूकम्प प्रभावित जनताका लागि राहत र उद्धारमा स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने राष्ट्रपति कार्यालयले जनाएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि कोषमा राष्ट्रपति पौडेलले उक्त रकम प्रदान गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपति पौडेलले भूकम्पकै कारण कात्तिक २२ गतेदेखि गर्ने भनिएको १० दिने युरोप भ्रमण स्थगन गरेका थिए। पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएका छन्।
Discussion about this post