Khabar Samachar

Search
Close this search box.

पाकिस्तानी क्रिकेटर शाहीन शाह अफ्रिदी टी–२० को कप्तान, मसुद टेस्ट कप्तान नियुक्त

204
VIEWS

बाबर आजमले क्रिकेटका तीनवटै फर्म्याटमा पाकिस्तानी क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका छन् । बाबरको राजीनामासँगै शाहीन शाह अफ्रिदीलाई टी–२० टोलीको नयाँ कप्तान चयन गरिएको छ भने शान मसुदले टेस्ट टोलीको नेतृत्व गर्ने भएका छन् । एकदिवसीय टोलीका लागि कप्तान भने चयन गरिएको छैन ।राजीनामापछि पाकिस्तान क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै बाबरलाई टेस्ट टोलीको कप्तानका रूपमा निरन्तरता दिन विकल्प दिइएको तर बाबरले त्यसलाई अस्वीकार गरेको जानकारी दिएको छ । परिवारसँगको छलफलपछि बाबरले सो निर्णय लिएको र पीसीबी उनको निर्णयको साथमा रहेको उल्लेख छ । ‘पीसीबी उनको निर्णयको सम्मान गर्दछ र खेलाडीका रूपमा उनलाई समर्थन जारी राख्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘बाबर आजम विश्व स्तरीय खेलाडी हुन् र खेलाडीका रूपमा उनको विकास होस् भन्ने हामी चाहन्छौँ,’ जाका असरफले भनेका छन्, ‘उनी पाकिस्तानले उत्पादन गरेको उत्कृष्ट ब्याटरहरुमध्ये एक हुन् । उनी हाम्रो सम्पत्ति हुन् र उनलाई हाम्रो समर्थन जारी रहनेछ ।’

मसुदले अस्ट्रेलियाविरुद्धको शृङ्खलाबाट आफ्नो टेस्ट कप्तानीको सुरुवात गर्नेछन् । पाकिस्तान सन् १९९९ देखि अस्ट्रेलियामा लगातार १४ वटा टेस्टमा पराजित भएको छ । जसमा पाँचवटा शृङ्खला ह्वाइटवास रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित