Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा मृत्यु

202
VIEWS

बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपाली छन् ।गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता एवम् डिएसपी मदन केसीले जानकारी दिए ।

उनको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित