Khabar Samachar

Search
Close this search box.

पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरूद्ध युवा संघको उजुरी

207
VIEWS

राष्ट्रिय गानको अपमान गरेको भन्दै दुर्गा प्रसाईंविरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको हो।

गत कात्तिक २८ गते जनकपुरधामस्थित हिन्दु सम्राट सेनाले आयोजना गरेको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरूद्ध उजुरी परेको हो।

प्रसाईंविरूद्ध नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले उजुरी दिएको हो। युवा संघ धनुषा अध्यक्ष रोषणकुमार यादवले प्रसाईंविरूद्ध प्रहरीमा उजुरी दिएका हुन्।कुनै व्यक्तिलाई संविधान र कानून प्रतिकूल हुने काम गर्न छुट नरहेको भन्दै यादवले प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना माग गर्दै उजुरी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित