चितवनको भरतपुरमा बीभत्स अवस्थामा दुई शव भेटिएको छ । भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा दुई जनाको शव फेल परेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले दिउँसो शव फेला परेको चितवन प्रहरीले जनाए । पण्डितको अनुसार हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको थियो ।
शव भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ । हत्या गरिएका शव महिला र पुरुषको हो । उनीहरूको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने पण्डितले जानकारी दिए ।
दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन । प्रहरीले शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल लगेको छ ।
Discussion about this post