पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। उनी शुक्रबार दिउँसो बुद्ध एयरमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र झाप पुगेका हुन्।
शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ ।
भोलि शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागतमा ८ हजार मोटरसाइकलको र्याली गरिने राप्रपाले बताएको छ।
बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको उनले बताए।
काठमाडौँमा दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका छन् । प्रसाईंको प्रदर्शन चलिरहेका बेला झापामा औपचारिक कार्यक्रममा शाह सहभागि हुन लागेका हुन् ।
Discussion about this post