Khabar Samachar

निर्देशक दिपेन्द्र के खनालको फिल्म ‘मेयर’ मा खगेन्द्र लामिछाने

212
VIEWS

अभिनेता खगेन्द्र लामिछाने मेयर बन्ने भएका छन् । उनी रियलमा नभएर रिल लाइफमा मेयर बन्न लागेका हुन् । निर्देशक दिपेन्द्र के खनालको फिल्म ‘मेयर’ मा उनी मेयर भूमिका रहनेछ ।

‘मेयर’ दिपेन्द्रले केही अगाडि निर्माण घोषणा गरेको फिल्म हो । सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि फिल्म बन्न लागेको हो । फिल्मका लागि अहिले खगेन्द्र फाइनल भएको र अन्य कलाकार छनौटको क्रममा रहेको निर्देशक खनालले बताए ।

फिल्मको छायांकन माघको पहिलो साताबाट हुनेछ । सर्लाहीमै छायांकन हुने फिल्ममा यसअघि कलाकारको रुपमा प्रकाश घिमिरे फाइनल भएका थिए ।

‘मेयर’पछि निर्देशक खनाल ‘आमा’को दोस्रो शृङ्खला निर्माणमा जुट्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित